Ramay
बोल्दा छुच्चो होइन्छ, नबोले लाटो । बरु लाटो भएर मुक दर्शक भएर बस्नु भन्दा, सत्य कुरा बोलेर छुच्चो भएकै बेस । संधर्ब हो अमेरिकामा घर घरमा लगाउदै आईएको  पुराणको । हिजो आज घर घरमा पुराण लगाउने फेसन नै चलेको छ बा । पुराण सामाजिक स्थानमा लगाउने धार्मिक कार्यक्रम  पो हो त । सायद मैले ठिकै भने । पुराणमा धेरै मान्छेको जमात हुनु स्वभाभिक पनि हो। कि हैन भन्नुहोस त ?  

तर हिजो आज हामीहरु नेपाल भूटान झैँ आफ्नै घरमा पुराण लगाऊछौ र आफ्नो निजि घरलाई सामाजिक घर बनाऊछौ, केहि दिन अथवा हप्तालाई ।  यत्रो ठुलो जमात २-४ दिन एकै ठाउमा भेला भाको देख्दा यहाँका अमेरिकीहरुले (खैरेले ) आस्चर्य मान्नु कुनै ठुलो कुरा हैन । किनकि अमेरिकनहरु सार्बजनीक काम सार्बजनिक ठाउँमै  गर्छन । हामीले अमेरिकनबाट राम्रो कुराको अनुसरण गर्नु पर्छ। भन्छन नि बुडा पाका, लाटोको देशमा लाटो हुनु… । उखान चै मज्जले दिने, व्यहार चैं उल्टा  उल्टा गर्ने ।

यो कुरा त रामेलाई हजम भएन ।  कुनै दिन पुराणमा गोलि लागि  यति जनाको मृत्यु र यति जान घाइते भन्ने समाचार यो कानले सुन्न नपरोस । सबैको कल्याण होस् ।
Quote 0 0

Add a Website Forum to your website.